Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

भरतपुर अस्पतालमा कुरुवालाई पास अनिवार्य

भरतपुर अस्पतालमा कुरुवालाई पास अनिवार्य

  • 689
    SHARES
  • भरतपुर अस्पतालमा कुरुवालाई पास अनिवार्य

    चितवन । कोरोना संक्रमण बढेसँगै भरतपुर अस्पतालमा बिरामीका कुरुवालाई पास अनिवार्य गरिएको छ । एक बिरामीसँग एक जना कुरुवा मात्र हुने गरी पास अनिवार्य गरिएको हो ।

    अस्पतालले यसअघि पासको व्यवस्था गरेपनि कार्यान्वयनमा आउन सकेको थिएन । एक बिरामीका लागि धेरै कुरुवा र भेट्न आउने मानिसको भिड लाग्ने भएपछि संक्रमण फैलिनसक्ने भन्दै पासलाई कडाइ गरिएको हो ।

    अस्पताल प्रशासनले शुक्रबार सूचना जारी गर्दै एक बिरामीका लागि एक मात्रै कुरुवा राख्नुपर्ने साविकको नियमलाई पालना गर्नका लागि पासको व्यवस्था गरिएको जनाएको छ । बिना पासका व्यक्तिलाई अस्पतालको अन्तरङ्ग विभागमा प्रवेश गर्न रोक लगाईएको छ । 

    यस्तै बिरामीका कुरुवाले पनि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न अस्पतालले आग्रह गरेको छ । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिडबाट संक्रमित भइरहेको जनाउँदै अस्पताल प्रशासनले अस्पतालको सेवा प्रवाहमा समेत कठिनाइ भएको जनाएको छ । पछि उपचार गरेर हुने बिरामीलाई उपचार समय पछाडि सार्नसमेत आग्रह गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij