वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदको मतगणना आज साँझबाट सुरु हुने भएको छ । निर्वाचन समितिले उपसभापति पदको मतगणना आजै गर्ने निर्णय गरेको छ ।
सभापति पदको अन्तिम नतिजा आइसकेपछि बुधबार दिउँसो बसेको समितिको बैठक उपसभापति पदको गणना सुरु गर्ने निर्णय गरेको हो । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो । सभापति पदको गणना सोही दिन भएको थियो ।
तर,पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत ल्याउन नसकेपछि मंगलबार पुनः दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणमा डा.शेखर कोइरालालाई पराजित गर्दै शेरबहादुर देउवा पुनः सभापतिमा निर्वाचित भएका छन् ।
उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, चन्द्र भण्डारी, धनराज गुरुङ, सुजाता कोइराला र दिव्यश्वरी शाह प्रतिस्पर्धामा छन् । निर्वाचन समितिकाअनुसार महामन्त्री पदको मतगणना भने भोलि मात्रै हुनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij