Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

देउवा अघिअघि कोइराला पछिपछि, ३२८२ मत गणना हुँदा कसले कति पाए ?

देउवा अघिअघि कोइराला पछिपछि, ३२८२ मत गणना हुँदा कसले कति पाए ?

  • 457
    SHARES
  • देउवा अघिअघि कोइराला पछिपछि, ३२८२ मत गणना हुँदा कसले कति पाए ?

    काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत सभापति पदको ३ हजार २८२ मतगणना भएको छ । कुल ४ हजार ६७९ मत खसेको थियो ।

    हालसम्मको मतगणना अनुसार सबैभन्दा अगाडि शेरबहादुर देउवा छन् । निर्वाचन समितिका अनुसार देउवाले १ हजार ५५६ मत प्राप्त गरेका छन् । कोइरालाले १ हजार १९७  मत पाएका छन् । यसैगरी, प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिले २०१ र कल्याण गुरुङले १७ मत मात्र प्राप्त गरेका छन् । 

    सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । २३ सय ४० मत पाउने उम्मेदवार सभापतिमा निर्वाचित हुनेछन् । तर ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलो र दोस्रोबीच दोस्रो चरणमा चुनाव हुनेछ ।

  • सम्बन्धित विषय:

  • # मतगणना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij