Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

राप्रपाको अध्यक्ष पदमा लिङ्देन र थापाले गरे उम्मेदवारी दर्ता

राप्रपाको अध्यक्ष पदमा लिङ्देन र थापाले गरे उम्मेदवारी दर्ता

  • 505
    SHARES
  • राप्रपाको अध्यक्ष पदमा लिङ्देन र थापाले गरे उम्मेदवारी दर्ता

    काठमाडौं । राप्रपाको अध्यक्ष पदमा कमल थापाले मनोनयन दर्ता गरेका छन् । भृकुटीमण्डपमा जारी महाधिवेशनमा आज उनले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

    यसअघि  राप्रपाको अध्यक्ष पदमा  राजेन्द्र लिङ्देनले पनि मनोनयन दार्ता गराएका छन् । बिहीबार लिङ्देनले केन्द्रीय निर्वाचन समितिले तोकिएको शुल्क बुझाएर उम्मेदवारको मनोनयन दर्ता गरेका हुन् ।

    थापा र लिङ्देन पक्षले उपाध्यक्ष र महामन्त्री पदमा पनि उम्मेदवारी दर्ता गराएको छ । उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै थापाले अब कहिल्यै पार्टी नफुट्ने दाबी गरेका थिए ।

    यस्तै राप्रपाको महामन्त्रीमा विक्रम पाण्डेले मनोनयन दार्ता गराएका छन् । महामन्त्रीमा पाण्डेलाई थापा र लिङ्देन दुबै पक्षले नाम राखेको छ ।

    कति छन् राप्रपाको कूल मतदाता ?  कति छन् राप्रपाको कूल मतदाता ? 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij