Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

दक्षिण अफ्रिका र हङकङसहित यी ९ देशबाट नेपाल आउन रोक

दक्षिण अफ्रिका र हङकङसहित यी ९ देशबाट नेपाल आउन रोक

  • 453
    SHARES
  • दक्षिण अफ्रिका र हङकङसहित यी ९ देशबाट नेपाल आउन रोक

    काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने भएको छ।

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका र हङकङसहित, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावीबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

    उक्त निर्णय शुक्रबार राति १२ बजेबाट लागू हुनेछ। ती देशबाट नेपालतर्फ आउँदै गरेका यात्रुले भने अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ ।

    यी देश बाहेकबाट आउनेको हकमा संक्रमणको अवस्थाको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त मुलुकको पहिचान गरी सोको जानकारी अध्यागमन विभागलाई गराउने छ।

    नयाँ भेरियन्टको जोखिम बढिरहेको भन्दै संक्रमणको पहिचान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोजिटिभ देखिएका यात्रुहरु मध्ये यात्राको विवरण भएका व्यक्तिहरुको नमुना संकलन गरी जीन सिक्वेन्सिङको लागि आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij