वेबटिभी खबर
काठमाडौं । नेपालमा बिहीबार २९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १५१ जनामा गरिएको परीक्षणमा सो संख्यामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज ७ हजार ८६३ जनाको पीसीआर परीक्षण गर्दा २७२ र ३ हजार २८८ जनाको एन्टीजेन परीक्षणमा २७ जनामा संक्रमण देखिएको हो ।
यस्तै आज थप ६ जना कोरोना संक्रमितको निधन भएको छ । मन्त्रालयका अनुसार आज २६० जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिले देशभरी ७ हजार ६४२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij