वेबटिभी खबर
काठमाडाैं । नेपालमा थप ४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४४० जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ६ हजार ८१४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । ५ हजार ४०७ जनाको पिसिआर परीक्षण र १४०७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
नेपालमा हाल ७ हजार ५१९ जना सक्रिय संक्रमित छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको निधन भएको छ । योसँगै निधन हुनेको संख्या ११ हजार ४६० पुगेको छ ।
४७४ जना निकोसमेत भएको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ । त्यस्तै, काठमाडौं उपत्यकामा २०२ थपिएका छन् । जसमध्ये काठमाडौंमा १५५, ललितपुरमा ३२ र भक्तपुरमा १५ संक्रमित छन् ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij