Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

विश्वका ३० प्रतिशत रुख प्रजाति लोप हुने अवस्थामा

विश्वका ३० प्रतिशत रुख प्रजाति लोप हुने अवस्थामा

  • 441
    SHARES
  • विश्वका ३० प्रतिशत रुख प्रजाति लोप हुने अवस्थामा

    काठमाडौं ।  विश्वका ३० प्रतिशत प्रजातिका रूख लोप हुने खतरामा रहेको र सयौं रुखहरु फडानीको जोखिममा रहेको एक रिपोर्ट सार्वजनिक भएको छ ।

    बोटानिक गार्डेन्स कन्सरभेसन इन्टरनेसनलले बुधबार प्रकाशित गरेको रिपोर्टमा १७ हजार ५०० रुखका प्रजाति (३० प्रतिशत) लोपोन्मुख रहेका छन् । संकटमा रहेका वन्यजन्तुको भन्दा यो संख्या २ गुणा बढी हो । जबकी ४४२ प्रजातिका ५० भन्दा थोरै नमुनाहरु जंगलमा रहेका छन् । 

    वातावरण संरक्षण समूहहरुले वनजंगलको विनाश र जलवायु परिवर्तनको खतरा रोक्नका लागि तत्कालै काम सुरु गर्न आव्हान गरेका छन् । पृथ्वीमा हाल ६० हजार रुखका प्रजाति रहेका छन् । 

    अहिलेसम्म १४२ प्रजाति रुख हराइसकेका छन् । खेतीका लागि बनफडानी गर्दा २९ प्रतिशत, फर्निचरको प्रयोगका लागि रुख कटानी गर्दा २७ प्रतिशत, पशुपालन तथा चरन क्षेत्रका लागि १४ प्रतिशत, विकास निर्माणका काम गर्दा १३ प्रतिशत र आगलागीबाट १३ प्रतिशत प्रजातिका रुखहरु लोप हुने अवस्थामा पुगेका हुन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij