Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरिएन्ट बढी संक्रामक  

दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरिएन्ट बढी संक्रामक  

  • 677
    SHARES
  • दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरिएन्ट बढी संक्रामक  

    काठमाडाैं । दक्षिण अफ्रिकाको नेशनल इन्स्टिट्युट फर कम्युनिकेबल डिजिजले सोमबार कोरोना भाइरसको नयाँ भेरिएन्ट भेटिएको बताएको छ । यस भेरिएन्टको नाम सी.१.२ राखिएको छ र गत साता क्वाजुलु नेटल रिसर्च इनोभेसन एन्ड सिक्वेन्सिङ प्लेटफर्मले यसलाई लिएर पूर्व प्रकाशित अध्ययनमा चेतावनी दिएको थियो । यसको समीक्षा अझै हुन बाँकी रहेको बताइएको छ । 

    दक्षिण अफ्रिकाका अधिकांश कोरोना भाइरसको भेरिएन्ट डेल्टा संस्करणका कारण उत्परिवर्तित भइरहेको बताइएको छ । यो भेरिएन्ट विश्वमा अहिलेसम्म भेटिएकाको तुलनामा झन्डै दुई गुणा तीव्र गतिमा उत्परिवर्तित भइरहेको छ । 

    नयाँ भेरिएन्ट मे महिनामा नै पत्ता लागेको थियो । पछिल्लो अनुसन्धानले दक्षिण अफ्रिकामा सि.१.२ को जिनोम प्रत्येक महिना बढ्दै गएको छ । मे महिनामा ०.२ प्रतिशतबाट बढेर जुनमा १.६ प्रतिशत र जुलाईमा २ प्रतिशत पुगेको छ । 

    दक्षिण अफ्रिकामा यसअघि पनि अल्फा भेरिएन्ट भेटिएको थियो । त्यहाँ अहिलेसम्म २७ लाख मानिस संक्रमित भएका छन् भने ८१ हजार ८ सय ३० जनाको मृत्यु भएको छ । सि.१.२ भेरिएन्ट वुहानमा सुरुमा भेटिएकोभन्दा धेरै फरक रहेको भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij