Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

न्युजिल्यान्डमा फाइजर खोप लगाएकी महिलाको मृत्यु 

न्युजिल्यान्डमा फाइजर खोप लगाएकी महिलाको मृत्यु 

  • 618
    SHARES
  • न्युजिल्यान्डमा फाइजर खोप लगाएकी महिलाको मृत्यु 

    न्युजिल्यान्ड । न्युजिल्यान्डमा कोरोनाविरुद्धकाे फाइजर खोप लगाएकी एक महिलाको मृत्यु भएको छ । न्युजिल्यान्डमा खोप लगाएपछि मृत्यु भएको यो पहिलो घटना हो । फाइजर खोपका कारण महिलाको मृत्यु भएको खोप सुरक्षाबारे अनुगमन गरिरहेको एउटा बोर्डले जनाएको छ । 

    कोभिड-१९ खोप स्वतन्त्र सुरक्षा अनुगमन बोर्डले खोपकै कारण महिलाको मृत्यु भएको पुष्टि गरेको छ । ‘देशमा खोपका कारण मृत्यु भएको यो पहिलोपटक हो,’ बोर्डले एक विज्ञप्तिमा भनेको छ । खोप लगाएकी महिलाको मृत्युबारे फाइजरले पनि अनुसन्धान गर्ने भएको छ । 

    मृतक महिलाबारे थप विवरण सार्वजनिक गरिएको छैन। युरोपेली मेडिकल निकायका अनुसार युवामा खोपको साइड इफेक्ट बढी देखिन्छ । न्युजिल्यान्डले एक साताअघि सर्वसाधारणलाई ढुक्कसँग फाइजर खोप प्रयोग गर्न अनुरोध गरेको थियो ।

    अमेरिकाको जोन हप्किन्स युनिर्भसिटीअनुसार न्युजिल्याण्डमा अहिलेसम्म तीन हजार चार सय ६५ जनामा कोभिड संक्रमण देखिएको र २६ जनाको मृत्यु भइसकेको छ ।

    अहिलेसम्म २३ प्रतिशतले खोप लिइसकेका छन् । केही समयअघि डेल्टा भेरिएन्ट देखिएपछि मुलुकका केही भागमा लकडाउन गरिएको थियो । ५० लाख जनसंख्या भएको न्युजिल्यान्डमा अहिले पाँच सय ६० सक्रिय संक्रमित छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij