काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बर्षा जारी रहेकाले पूर्वतयारी, राहत र उद्धारमा सक्रिय हुन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
विभिन्न प्रदेशका सुरक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीलाई उनले मानिसको जीउ ज्यानको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न र विपत्तिका बेला उपलब्ध स्रोत तथा साधन उचितरूपले प्रयोग गर्न निर्देशन दिए ।
अविरल वर्षापछि बाढी, पहिरो र डुबान प्रभावित प्रदेश–१, प्रदेश–२, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी बलका प्रमुखसँग गृहमन्त्री खाणले छलफल गरेका छन् ।
त्यसैगरी प्रजिअहरू नवलपरासी पूर्वका माया भट्टराई पङ्गेनी, नवलपरासी पश्चिमका धमेन्द्रकुमार मिश्र, रुपन्देहीका आश्मान तामाङ र बाँकेका शिवराम गेलाललाई टेलिफोन गरी वर्षापछिको त्यहाँको अवस्थाबारे गृहमन्त्री खाँणले जानकारी लिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij